• २० असोज २०८३, मंगलबार
  • ४ः१७ बेलुका

माओवादी केन्द्रद्वारा केन्द्रीय कमिटी विघटनको प्रस्ताव, विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०४:२५

असोज ८, २०८२ काठमाडौं–  नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटी विघटन गर्दै नयाँ ढाँचामा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने तयारी गरेको छ। बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त प्रस्ताव पारित गरेको हो।

National Life

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको हो।

“पार्टीभित्र एकता मजबुत पार्न र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको हो,” प्रवक्ता सापकोटाले जानकारी दिए। उनका अनुसार, विशेष महाधिवेशनको मिति पनि केन्द्रीय कमिटी बैठकबाट तोकिनेछ। साथै, अध्यक्ष प्रचण्डले सो बैठकमा राजनीतिक प्रस्ताव पनि पेश गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने व्यवस्था गरिनेछ। बैठकले जेनजी आन्दोलनसहित अन्य परिवर्तनकारी शक्तिहरूसँग संवाद र समझदारी कायम गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, आगामी निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय गरिएको छ। समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्ने शक्तीसँग कार्यगत एकता स्थापित गर्न पनि प्रभावकारी पहल गर्ने माओवादी केन्द्रको निर्णय रहेको छ।

प्रतिकृया