• २० असोज २०८३, मंगलबार
  • ४ः१७ बेलुका

जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या अभियोगमा अर्का एक जना पक्राउ

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०३:१२

असोज ८, २०८२ काठमाडौं–  २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा अर्का एक जना व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ओम पौडेल रहेका छन्।

National Life

पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो। यससँगै महाराजगञ्ज वृत्तका प्रहरी हत्या अभियोगमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ। यसअघि काभ्रेका युवराज क्याप्छाकी पक्राउ परेका थिए।

प्रहरीका अनुसार, महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापामाथि आक्रमण गर्ने भिडमा ओम पौडेलसमेत संलग्न थिए। उनीहरूले प्रहरीले ज्यान गुमाउने गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले प्रमाणको आधारमा पौडेल र क्याप्छाकीलाई पक्राउ गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

भिडियोमा ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै पौडेलले लट्ठी प्रहार गरी जवान थापाको हत्या गरेको दृश्य देखिन्छ। असई राय सिन्धुलीका हुन् भने जवान थापा दार्चुलाका थिए। यसै आन्दोलनका क्रममा कोटेश्वर प्रहरी प्रभागमा कार्यरत कास्कीका सहायक हवल्दार अमृत गुरुङको समेत कुटपिटबाट ज्यान गएको थियो।

प्रतिकृया