• २० असोज २०८३, मंगलबार
  • ४ः१७ बेलुका

पूर्वमन्त्री शर्माको प्रस्ताव : काठमाडौं–चितवन एक घण्टामा द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार १२:२६

असोज ८, २०८२ काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं–चितवनबीच एक घण्टाको यात्रा सम्भव हुने द्रुतमार्ग निर्माण गर्न प्रस्ताव गरेका छन्।

National Life

हालको पृथ्वी राजमार्ग र नारायणघाट–मुग्लिन सडकले यातायात चाप थेग्न नसकेको, पहिरो र खोलाले बारम्बार जनधनको क्षति गराइरहेको अवस्थामा वैकल्पिक द्रुतमार्ग आवश्यक रहेको शर्माको तर्क छ।

उनले अर्थमन्त्री रहेका बेला ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना’ अन्तर्गत चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन हुँदै बुटवल र पोखरा जोड्ने द्रुतमार्गको योजना बजेटमा समेटेका थिए। हाल नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको सन्दर्भमा शर्माले सोही द्रुतमार्ग योजना पुनः सुरु गर्न सरकारलाई आग्रह गरेका छन्। उनका अनुसार, सो द्रुतमार्गले काठमाडौं–चितवन यात्रा मात्र एक घण्टामा पुर्‍याउनेछ। तर, उक्त योजना पछि बनेका सरकारले खारेज गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया