• २० असोज २०८३, मंगलबार
  • ४ः५४ बेलुका

हर्क साम्पाङका समर्थकद्वारा कालीमाटी प्रहरी वृत्तमा सरसफाइ र रंगरोगन

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ११:१६

असोज ७, २०८२ काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरूले आज काठमाडौंको कालीमाटी प्रहरी वृत्तमा सरसफाइ तथा रंगरोगन कार्य गर्दैछन्। बिहान साढे १० बजेदेखि सुरु हुने भनिएको यो अभियान स्वस्फूर्त रूपमा सञ्चालन हुने जनाइएको छ।

National Life

गत भदौ २३ गते काठमाडौंमा आयोजित भ्रष्टाचारविरुद्धको ‘जेनजी पुस्ता आन्दोलन’मा सरकारले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको थियो। त्यसको भोलिपल्ट आक्रोशित प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न सरकारी कार्यालय, प्रहरी कार्यालय र केही नेताहरूका निवासमा तोडफोड तथा आगजनी गरेका थिए।

उक्त घटनामा कालीमाटी प्रहरी वृत्त पनि क्षतिग्रस्त बनेको थियो। आगजनी र तोडफोडका कारण प्रहरीहरू त्यहाँ बस्न नसक्ने अवस्थामा पुगेपछि अहिले मेयर हर्क साम्पाङका समर्थकहरूले स्वयंसेवी रूपमा सहयोग जुटाएर प्रहरी वृत्त पुनःसञ्चालनयोग्य बनाउन अभियान सुरु गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया