• २४ भदौ २०८३, बुधबार
  • १ः५४ दिउँसो

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: आन्दोलनबाट प्रभावित क्षेत्रलाई सरकारको साथ

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०४:०६

असोज ५, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड, आगजनी र ठूलो आर्थिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै निजी क्षेत्रको पुनरुत्थानका लागि सरकार पूर्ण रूपले तयार रहेको स्पष्ट सन्देश दिएकी छन्।

National Life

आइतबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा उद्योगी व्यवसायी संघ, औद्योगिक घराना र निजी क्षेत्रका अन्य प्रतिनिधिसँगको छलफलमा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्र सधैं सरकारको विकास साझेदार भएको उल्लेख गरिन्। उनले भनिन्, “सरकार तपाईंहरूको साथमा छ। पुनरुत्थानका लागि आवश्यक सबै प्रकारको सहयोगका लागि हामी प्रतिबद्ध छौं।”

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका क्रममा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्रस्तुत गरेका थिए। उनीहरूले काम गर्ने वातावरण सुरक्षित राख्न तथा पुनर्निर्माणका लागि सहुलियत कर्जा, कर छुट, कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण जस्ता नीतिगत राहतको माग गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालका अनुसार, “प्रधानमन्त्री कार्कीले निजी क्षेत्रका माग र सुझावप्रति सकारात्मक दृष्टिकोण देखाउनुभएको छ, जसले भविष्यमा सहकार्यलाई अझ मजबुत बनाउनेछ।”

प्रतिनिधिहरूले आन्दोलनका क्रममा केही समूहले निजी सम्पत्तिमा अनधिकृत रूपमा प्रवेश गरी तोडफोड र आगजनी गरेको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग पनि गरेका छन्।

प्रतिकृया