• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

बालकोट निवास ध्वस्त, ओलीका लागि डेरा खोजिँदै

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०२:३४

असोज २, २०८२ काठमाडौं- जेनजी आन्दोलनका क्रममा निजी निवास ध्वस्त भएपछि निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अस्थायी बसोबासको खोजीमा छन्। बालकोटस्थित निवास पूर्ण रूपमा खण्डहर बनेपछि ओली चाँडै सार्वजनिक रूपमा देखा पर्ने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ।

National Life

स्रोतका अनुसार ओलीका सहयोगीहरू अहिले सुरक्षित बासस्थानको खोजीमा जुटेका छन्। “यदि परिस्थितिमा नयाँ फेरबदल आएन भने ३–४ दिनमा उहाँ सार्वजनिक रूपमा देखा पर्नुहुन्छ,” एमाले उच्च स्रोतले जानकारी दियो।

जेनजी आन्दोलनमा प्रदर्शनकारीको मुख्य निशाना एमाले बनेको थियो। पार्टी कार्यालयदेखि लिएर सयौं नेताहरूका घरमा तोडफोड र आगजनी गरिएको थियो। ओलीको बालकोटस्थित निजी निवास पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ओली अहिले पनि पार्टीका प्रमुख नेताहरूसँग नियमित सम्पर्कमा छन्। उनले बाहिर आएपछि मात्रै औपचारिक बैठक बोलाउने सन्देश नेताहरूलाई पठाइसकेका छन्। यद्यपि, अध्यक्ष पद त्याग्ने कुनै संकेत उनले दिएका छैनन्। “उहाँ बाहिर आएपछि अध्यक्षकै रूपमा पूर्ववत सक्रिय बन्नुहुनेछ,” ओली निकट एक नेताले बताए।

प्रतिकृया