• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ११:३५

असोज २, २०८२ काठमाडौं- नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको नयाँ अध्यक्षको रूपमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। यस निर्णयसँगै बैंकले आगामी दिनमा अझ प्रभावकारी र विकासमुखी कार्यहरू सञ्चालन गर्ने अपेक्षाका साथ नयाँ नेतृत्व प्राप्त गरेको छ।

National Life

सञ्चालक समितिको बैठकले भदौ २० गते प्रा. डा. शर्मा अध्यक्षको रूपमा चयन गरेका थिए। नव नियुक्त अध्यक्ष शर्माले आज, असोज २ गते, नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रा. डा. डिल्लीराज शर्मा नेपाल बैंकको नेतृत्वमा नियुक्त भएका छन् र उनीसँग बैंकको भविष्यलाई अझ प्रगति र समृद्धिका साथ अगाडि बढाउने जिम्मेवारी हुनेछ। यस नियुक्तीसँगै बैंकले नयाँ कार्यनीतिहरू लागू गरेर देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया