• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

आज देशभर सामान्यतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०८:१४

असोज २, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ भने अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको छ।

National Life

अहिले देशका पहाडी भूभागमा साधारणतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

राति पनि देशभर साधारणतया बदली रहनेछ र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। विशेषगरी, बागमती, मधेस, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिकृया