• २ असोज २०८३, शुक्रबार
  • २ः०० राती

कोरियामा कामदार पठाउने ई–७ भिसा प्रक्रिया रोकियो

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार १०:१२

असोज १, २०८२ काठमाडौं – वैदेशिक रोजगार विभागले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने भएको छ। मंगलबार सार्वजनिक गरिएको विज्ञप्तिमा विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्रानुसार कार्यविधि कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी गराएको हो।

National Life

योसँगै बिटुबी (B2B) माध्यममार्फत ई–७ भिसा लिएर सीपयुक्त नेपाली श्रमिक पठाउने प्रावधान कार्यान्वयनमा नआउने भएको छ। कार्यविधिमा ई–७ भिसा प्रणाली सञ्चालनका लागि मापदण्ड पूरा गरेका वैदेशिक रोजगार अनुमति प्राप्त नेपाली संस्थाले श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको थियो।

विशेष सीप भएका दक्ष कामदारलाई दक्षिण कोरियाले ई–७ भिसा प्रदान गर्दै आएको छ। उक्त भिसा लिएर जाने श्रमिकका लागि कोरियाली कामदार सरह करिब ३ हजार अमेरिकी डलर (झन्डै ४ लाख नेपाली रुपैयाँ) मासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको थियो। तर, राजनीतिक अस्थिरता र सरकारी ढिलासुस्तीका कारण नेपालले यसअघि पनि यस्ता अवसर गुमाउँदै आएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया