• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

प्रचण्डको राजीनामा माग्दै माओवादी उपमहासचिव जनार्दन शर्मा

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ०३:४६

भदौ ३१,२०८२ काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेका छन्। जेनजी आन्दोलनपछि पुराना पार्टी र नेतृत्वको औचित्यमाथि प्रश्न उठिरहेका बेला शर्माले नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका हुन्।

National Life

पार्टीभित्र केही समयदेखि रुपान्तरणको आवश्यकता औंल्याउँदै आएका शर्मा जेनजी आन्दोलनले पुरानो राजनीतिक संस्कृतिमाथि प्रहार गरेको भन्दै नयाँ नेतृत्व खोजिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्। “जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ। नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,” शर्माको भनाइ उद्धृत गर्दै एक कार्यकर्ताले बताए।

शर्माले यस विषयमा पार्टी पंक्तिमा छलफल समेत सुरु गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया