• १५ असोज २०८३, बिहीबार
  • २ः०३ दिउँसो

आज देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ भाद्र ३१ गते, मंगलवार ०९:१७

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसैको प्रभावले देशभर सामान्यतया बदली भएको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

National Life

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, सुदूरपश्चिमका थोरै स्थानमा र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया