• १५ असोज २०८३, बिहीबार
  • १२ः११ दिउँसो

ऊर्जामन्त्री घिसिङले सुविधा नलिने, तलबभत्ता सहिद परिवार कोषमा दिने घोषणा

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०३:२६

भदौ ३०,२०८२ काठमाडौं – नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै तलबभत्ता, सुरक्षासहितका सुविधा नलिने घोषणा गरेका छन्। सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले आफूले पाउने सम्पूर्ण तलबभत्ता सहिद परिवारको नाममा स्थापना हुने कोषमा जम्मा गर्ने बताएका हुन्।

National Life

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन सम्बन्धी बक्यौता रकम उठाउने निर्णय पनि गरेका छन्। साथै, उनले आफूलाई ‘माननीय’ नभनी केवल जिम्मेवार सेवकको रूपमा सम्बोधन गर्न आग्रह गरेका छन्।

उनको यस्तो घोषणा भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनप्रति नयाँ सन्देशका रूपमा लिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया