• १६ असोज २०८३, शुक्रबार
  • ३ः५० दिउँसो

जेनजी आन्दोलनमा मृत्यु भएका २४ शवको पोस्टमार्टम सम्पन्न, सात शव पहिचान गर्न कठिनाई

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ०३:३९

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ जनाको शवको पोस्टमार्टम भइसकेको छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा हालसम्म ४६ वटा शव पुगेका छन्, जस मध्ये १९ वटा शव आफन्तले बुझिसकेका छन्।

National Life

फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार काठमाडौं उपत्यकाबाट मात्रै शवहरू आएका हुन्। तीमध्ये सातवटा शव पूर्ण रूपमा जलेको अवस्थामा छन्। ‘चुच्चेपाटीको भाटभटेनीबाट आएका सातवटा शव त कंकालको अवस्थामा छन्,’ डा. चौधरीले बताए, ‘उनीहरूको पोस्टमार्टम गर्न लामो समय लाग्छ।’

उनका अनुसार सामान्य अवस्थामा मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ भने यस्तो विपदमा शव पहिचानका लागि पोस्टमार्टम गर्नुपर्ने हुन्छ। ‘हामीलाई मृत्युको कारण प्रस्ट छ, तर कुन शव कसको हो भन्ने पहिचान गर्न पोस्टमार्टम गर्नु जरुरी हुन्छ,’ डा. चौधरीले भने।

Classic Tech Mobile
Classic Tech Desktop

अत्यधिक जलेका शवको हकमा डीएनए परीक्षण नै गर्नुपर्ने सम्भावना रहेको डा. चौधरीले बताए। ‘सात शव जलेर नचिनिने अवस्थामा छन्। उनीहरूको दाँत, शरीरभित्र हालेको स्टिल वा फिंगरप्रिन्टको आधारमा मात्रै पहिचान गरेर शव हस्तान्तरण गर्न सकिन्छ,’ उनले स्पष्ट पारे।

प्रतिकृया