• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

सेनाले समात्यो सिंहदरबार आगजनी गराउने ग्याङ, हतियारसहित बरामद

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ११:२१

भदौ २९ ,२०८२ काठमाडौं – २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका सामान चोरी गर्ने व्यक्तिहरूलाई नेपाली सेना र सशस्त्र प्रहरीले पक्राउ गर्न थालेका छन् ।

प्रहरी चौकी तीनकुनेबाट लुटिएका गोली, दुईवटा म्यागेजिन र हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । अख्तर सिंहदरबारमा भएको आगजनीमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

त्यसैगरी पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव र सिरहाका सन्तोष मण्डल रहेका छन् । उनीहरूको साथबाट लुटिएका विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

सेना र सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी चौकी तीनकुनेमा जिम्मा लगाएका छन् । तर चौकीको संरचना जलेर ध्वस्त भएकाले उनीहरूलाई कहाँ राख्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिकृया