• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

आगजनीले लोत्से मलमा ३५ करोड बढीको क्षति, जेनजी आन्दोलनपछि खण्डहरमा परिणत

प्रकाशित मिति

२०८२ भाद्र २८ गते, शनिबार ११:१०

काठमाडौँ । राजधानीको नयाँबसपार्कस्थित लोत्से मलमा जेनजी प्रदर्शनका क्रममा भएको आगजनीबाट ३५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। गत भदौ २४ गते राति ९ बजे लागेको आगो भोलिपल्ट बिहान ५ः३० बजे मात्र नियन्त्रणमा आएको थियो।

National Life

लो्त्से बहुउदेश्यीय प्रालिका अध्यक्ष एवं सञ्चालक दिपक कुँवरका अनुसार आगजनीका कारण दसैँ लक्षित गरी भण्डारण गरिएका कपडासहितका ५० भन्दा बढी कपडा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। त्यस्तै मोबाइल पसल, रेष्टुरेन्टलगायतका अन्य व्यवसायिक प्रतिष्ठान पनि क्षतिको चपेटामा परेका छन्।

यसअघि पनि लोत्से मल आन्दोलनकै क्रममा आक्रमणमा परिरहेको छ। २०७९ साल फागुन १ गते यातायात मजदुरको आन्दोलनका क्रममा मल तोडफोड तथा आगजनी हुनुका साथै मोबाइल पसल लुटपाट र प्रहरी भ्यान जलाइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष कुँवरले निरन्तर आक्रमण र आगजनीका घटनाले नेपालमा व्यवसाय गर्ने वातावरण कमजोर हुँदै गएको बताउँदै चिन्ता व्यक्त गरे। “आगजनी र तोडफोडले व्यवसायीको मनोबल घटेको छ। यस्ता घटनामा संलग्नलाई सिसि क्यामेरा फुटेजका आधारमा कडाभাবে कारबाही गर्नुपर्छ,” उनले भने।

काठमाडौँ महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीमा लोत्से बहुउदेश्यीय प्रालिले विसं २०७४ सालमा निर्माण सम्पन्न गरी सो मल सञ्चालनमा ल्याएको हो।

प्रतिकृया