भ्रष्टाचार र दमनबिरुद्ध छानबिन गर्न नमानेपछि कार्कीले भनिन् -हातखुट्टा बाँधेर जिम्मेवारी चाहिँदैन
प्रकाशित मिति
२०८२ भाद्र २७ गते, शुक्रबार ०२:५१
राष्ट्रपति पौडेल र प्रमुख दलका नेताहरूले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जनाएका छन्। भ्रष्टाचार आन्दोलनमा भएको दमनबिरुद्ध छानबिन गर्न दलका नेताहरूको असहमतिको कारण अन्तरिम सरकार निर्माणमा अवरोध भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच बिहान ९ बजे हुने भनिएको छलफल अहिलेसम्म भएको छैन । कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा राजनीतिक दलहरूले पनि स्वीकार गरेका छन् ।
त्यसअघि राष्ट्रपति पौडेल र कार्कीबीच भएको छलफलमा संसद विघटनको विषयमा कुरा मिल्न सकेको थिएन । राष्ट्रपति पौडेलले संविधानविदहरूसँग पनि छलफल गरेका थिए । छलफलमा सहभागी स्रोतका अनुसार, संसद विघटन गरेर जनेजीको माग सम्बोधन गर्नुपर्छ भन्ने कार्कीको अडान थियो । तर राष्ट्रपति पौडेलले भने संसद विघटन नगरी अन्तरिम सरकारमा दलीय सहभागिता पनि हुनुपर्ने आशयको कुरा राखेका थिए ।
त्यसपछि कार्कीले यो हुन नसक्ने र जेनजीको माग पूरा नभएको खण्डमा आफूले अन्तरिम सरकार सम्हाल्न नसक्ने बताएकी थिइन् । कुरा नमिलेपछि कार्की निवास फर्किएकी छन् भने राष्ट्रपति पौडेल जेनजीका प्रतिनिधिहरूसँग छलफलमा छन् ।







प्रतिकृया