• २० असोज २०८३, मंगलबार
  • ७ः१४ बेलुका

अन्तरिम सरकार गठनबारे छलफल गर्न कार्की र प्रसाईंलाई जङ्गीअड्डा

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १२:२६

भदौ २६ ,२०८२ काठमाडौँ –  नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा पुर्‍याएको छ। स्रोतका अनुसार अन्तरिम सरकार गठनसम्बन्धी विषयमा छलफल गर्न उनीहरूलाई जङ्गीअड्डा लगिएको हो।

National Life

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने घोषणा गरेका थिए। शाहको प्रस्तावमा जेन–जी समूहले पनि सहमति जनाएपछि सेनाको समन्वयमा आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुने भएको छ।

यसअघि, प्रधानसेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी प्रसाईंसँग पनि भेटवार्ता गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया