• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

देशभरका कारागारबाट फरार १४ हजारमध्ये १,४५५ कैदीबन्दी पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र २६ गते, बिहीबार १२:१०

भदौ २६ ,२०८२ काठमाडौँ – जेनजी आन्दोलनका क्रममा देशभरका कारागारमा भएको तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीमध्ये १,४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

National Life

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म पक्राउ परेका कैदीबन्दीमध्ये अधिकांशलाई विभिन्न जिल्लामा गरिएको अपरेसनमार्फत नियन्त्रणमा लिइएको हो। तर अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन्। प्रारम्भिक तथ्यांकअनुसार, देशभरका विभिन्न कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए।

यस्तै, प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा समेत कारागार तोडफोडका क्रममा भागेका छन्। प्रहरीले फरार कैदीबन्दी खोजी अभियानलाई अझै तीव्र पारेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया