जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुग्यो, घाइते १ हजार नाघे
प्रकाशित मिति
२०८२ भाद्र २५ गते, बुधबार ०९:२९
भदौ २५,२०८२ काठमाडौँ – सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले देशभर गरेको आन्दोलनमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालबाट संकलन गरेको तथ्यांक अनुसार हालसम्म १ हजार ६१ जना घाइते उपचाररत छन्।
मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ। यस्तै, सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर थप २ जनाले ज्यान गुमाएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोड्ने प्रयास गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेपछि धेरै प्रदर्शनकारी घाइते भएका थिए। घाइतेहरुमध्ये कतिपयको बाटैमा र कतिपयको उपचारका क्रममा निधन भएको हो।
प्रहरीले न्यूनतम संयमता पनि नअपनाई आन्दोलनकारीमाथि आक्रमण गरेको आरोप लागेको छ। सो क्रममा निजामती अस्पतालभित्रै पसेर प्रहरी हस्तक्षेप गर्दा चिकित्सक र स्वास्थ्यकर्मी समेत अश्रुग्यासको प्रभावमा परेका थिए।








प्रतिकृया