• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

कालिमाटीमा गोली लागेर देवकुमार सुवेदीको पनि निधन

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०४:२०

भदौ २५,२०८२ काठमाडौँ – हिजो कालिमाटीमा प्रदर्शन चर्किदै गर्दा प्रहरीले चलाएको गोलीले उदयपुरका ३० वर्षीय देवकुमार सुवेदीको पेटमा लागेका थिए, जसका कारण उनको आज बिहान निधन भएको छ ।

National Life

हिजो दिउँसो २ बजेतिर गोली सिधै सुवेदीको पेटमा लागेको थियो र पेट च्यातिँदा आन्द्रा बाहिर आएको थियो। तत्कालै उनलाई बयोदा अस्पताल पुर्‍याइयो, तर डाक्टरको प्रयास असफल भयो। आज बिहान ९ बजे उनको निधनको उनका जेठान मनिष बास्तोलाले जानकारी दिएका छन्।

प्रतिकृया