• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

नेपाली सेनाले लुटपाटमा संलग्न २७ जना नियन्त्रणमा, ठूलो मात्रामा नगद र हतियार बरामद

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०२:५०

भदौ २५,२०८२ काठमाडौँ –  नेपाली सेनाले देशभर विभिन्न स्थानमा लुटपाट, आगजनी र तोडफोडमा संलग्न २७ जनालाई पक्राउ गरेको छ । भदौ २४ गते राति १० बजेबाट सुरक्षा निकाय परिचालन भएपछि बुधबार बिहानसम्म ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।

National Life

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उच्छृङ्खल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।”

आगो नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको सेनाले जनाएको छ । त्यस्तै, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट पक्राउ परेकाबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ । घटनामा परी २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको हाल सैनिक अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

प्रतिकृया