• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

गंगा दाहालको घरमा जलेको अवस्थामा एक पुरुषको शव फेला

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०२:१८

भदौ २५,२०८२ काठमाडौँ –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मंगलबार भएको आगजनीपछि एक पुरुषको शव फेला परेको छ ।

National Life

ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित दाहालको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । आगलागी नियन्त्रणमा लिएपछि भित्रबाट जलेको अवस्थामा एक व्यक्तिको शव बरामद गरिएको ललितपुरका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार शवको पहिचान अझै हुन बाँकी छ र विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया