• २० असोज २०८३, मंगलबार
  • ७ः१५ बेलुका

धुलिखेल कारागारमा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०१:५१

भदौ २५,२०८२  धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा मंगलबार दिउँसो कैदीहरूले गरेको नाराजुलुसपछि आगजनी भएको छ । अहिले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ । कारागार परिसर बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।

National Life

कारागारभित्र रहेका कैदीहरूले बाहिर निस्कन पाउनुपर्ने माग गर्दै नाराजुलुस गरेका थिए । त्यही क्रममा उनीहरूले कारागारभित्र आगजनी गरेका हुन् । धुलिखेल कारागारमा हाल २८३ जना कैदी रहेका छन् । घटनापछि थप अप्रिय स्थिति हुन नदिन सुरक्षाकर्मीहरू उच्च सतर्कतामा राखिएका छन् ।

प्रतिकृया