• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

पोखरामा आगजनी भएको घरमा महिलाको शव फेला

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार ०१:३४

भदौ २५,२०८२ पोखरा । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घरमा मंगलबार राति आगजनी भएको घटनापछि एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुव थापाको गाडी सोरुम र घरमा आगजनी गरेका थिए ।

National Life

आगजनीपछि ध्रुव थापाको गाडी सोरुमभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक महिला सो घरमै काम गर्ने कर्मचारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनापछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया