• २० असोज २०८३, मंगलबार
  • ७ः१३ बेलुका

बिहानसम्मै जलिरह्यो काठमाडौँ (फोटो)

प्रकाशित मिति

२०८२ भाद्र २५ गते, बुधबार १०:३५

काठमाडौँ रातभर जलेको छ । जेन–जी आन्दोलनका नाममा उश्रृंखल गतिविधि हुँदा सिंहदरबार र संसद भवन रातभर पनि जलिरह्यो । सेनाले सम्हालेपछि रातिदेखिमात्र कोही कसैलाई प्रवेश नदिएको भए पनि सिंहदरबार दिउँसो नै सिंहदरबार छिरेर प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

National Life
matribhumi

बुधबार बिहानसम्म आगो निभेको छैन। सिंहदरबारको पूर्वतर्फको गेट नजिकको भवनबाट धुवाँ उडेको छ । साथै संसद भवन पनि जलिरहेको छ । काठमाडौँमा सिमसिम पानी परेकाले केही राहत हुने अपेक्षा गरिएको छ । त्यस क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ। सेनाले कसैलाई पनि त्यसआसप रोकिन उभिन दिएको छैन।

प्रतिकृया