• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

‘जेनजी’लाई वार्तामा आउन राष्ट्रपतिको अपिल

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:३८

भदौ २४,२०८२ काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी समूहलाई वार्तामा आउन अपिल गरेका छन्। मंगलबार जारी गरिएको वक्तव्यमा राष्ट्रपति पौडेलले प्रदर्शनकारीहरूलाई संयमित रहन र मुलुकमा थप क्षति नहोस भन्न आग्रह गरेका छन्।

National Life

राष्ट्रपतिले भने, “लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।”

उनले समस्या समाधान शान्तिपूर्ण संवाद र वार्तामार्फत मात्र सम्भव हुने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop
ras-1757421025.png

प्रतिकृया