• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०६:३३

भदौ २४,२०८२ काठमाडौँ – निजामती अस्पतालमा उपचाररत तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए। उपचारको क्रममा तीन जनाको मृत्यु भएको जानकारी उनले दिएका छन्।

National Life

रेग्मीले थपे कि दुई जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ। यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो। सोमबारको प्रदर्शनको क्रममा देशभरि हालसम्म कुल १९ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

प्रतिकृया