• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०२:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो।

National Life

मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।

रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छः
१० प्रधानमन्त्रीको तत्काल राजीनामा,
२० निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,
३० सर्वपक्षीय नागरिक सरकार गठन,
४० प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने र दोषीमाथि कडा कारबाही,
५० संविधान संशोधनको प्रक्रिया आरम्भ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञप्तिमा भनिएको छ, ’आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्।’ साथै आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरिएको छ।

संसदीय दलको कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायत २० सांसदको नाम समावेश गरिएको छ।

रास्वपाले संघीय संसदले वैधता गुमाएको निष्कर्ष निकाल्दै आगामी राजनीतिक निकासका लागि अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिकृया