• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

व्यापार सन्धि पुनरवलोकन गर्न नेपाल र भारतबीच सहमति

प्रकाशित मिति

२०७६ आश्विन ११ गते, शनिबार ०३:२२

काठमाडौँ, तेश्रो चरणको छलफलपछि नेपाल र भारतबीचको व्यापार सन्धि पुनरवलोकन गर्न दुई देशबीच सहमति भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरवलोकनसम्बन्धी तेस्रो बैठकका लागि भारत गएको थियो।

तेश्रो चरणको छलफलपछि भारत व्यापार सन्धि पुनरवलोकन गर्नका लागि सहमत भएपछि शुक्रबार दुई देशबीच यस्तो सम्झौता भएको हो। अघिल्लो वर्ष जेठमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यापार र पारवहन सन्धि पुनरवलोकन र रेल सेवा सम्झौता गर्ने समझदारी भएको थियो।

Kamana Sewa

नेपालले भारतसँगको व्यापारमा भोग्दै आएको व्यापार घाटा न्यूनीकरण र दुई देशबीचको व्यापारमा सहजता खोज्नका लागि सन्धि पुनरवलोकनको कदम चालेको हो। नेपाली वस्तुको भारतीय बजारमा सहज पहुँच, विभिन्न भन्सार नाकामा पूर्वाधार निर्माण, सुधार र विस्तार तथा भारतीय बजारमा नेपाली वस्तुलाई हुँदै आएको गैरभन्सार अवरोधको विषयलाई लिएर नेपालले सन्धि पुनरवलोकनका लागि पहल गर्दै आएको छ।

Classic Tech Desktop

प्रतिकृया