• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

आज पनि संसद भवन अगाडिको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, केही जेनजी पक्राउ

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०९:३९

भदौ २४,२०८२ काठमाडौं – सोमबार सरकारले १९ जना जेनजीहरूको निर्मम हत्या गरेको आरोपपछि काठमाडौंमा आन्दोलित युवाहरूले तीव्र प्रदर्शन गरेका छन्।

National Life

मंगलबार कलंकीबाट सुरु भएको जेनजी विरोध प्रदर्शन संसद भवनसम्म पुगेको छ। संसद भवन अगाडि पुगेका हजारौं युवाहरूलाई प्रहरीले लाठीचार्ज गर्दै लखेट्ने कार्य जारी राखेको छ।

नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई तितरबितर पार्ने प्रयास गरेपछि वातावरण तनावग्रस्त बनेको छ। विरोध प्रदर्शनका कारण काठमाडौंको बानेश्वर क्षेत्र रणभूमि जस्तै बनेको छ। प्रदर्शनका क्रममा केही जेनजी युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया