• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

जेनजी आन्दोलन घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०८:०६

भदौ २३,२०८२ काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्।

National Life

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि ठूलो मानवीय क्षति भएको थियो। अहिलेसम्म उक्त घटनामा १९ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं घाइते भएका छन्।

घटनाप्रति नैतिक जिम्मेवारी लिँदै मन्त्री लेखकले राजीनामा दिएको बताइएको छ। यसअघि उनले पार्टी बैठकमा पनि नैतिक कारणले गृह मन्त्रालयमा नबस्ने निर्णय लिएको जानकारी गराइसकेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया