• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

जेन–जी आन्दोलनमा स्कुले बालबालिकासहित १८ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०६:००

भदौ २३,२०८२ काठमाडौं – भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले गरेको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

National Life

अस्पतालवार विवरण अनुसार ट्रमा सेन्टर ७ जना, एभरेस्ट अस्पताल ५ जना, सिभिल अस्पताल ३ जना, काठमाडौँ मेडिकल कलेज २ जना, त्रिवि शिक्षण अस्पताल १ जना र केएमसी अस्पताल १ जना गरि मृत्यु हुनेको संख्या १८ पुगेको छ।nमृतकहरूको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। स्वास्थ्य स्रोतका अनुसार मृत्यु हुनेमा स्कुल जाने उमेरका बालबालिकाहरू पनि समावेश छन्।

आन्दोलनका क्रममा घाइतेहरूको संख्या अझै बढिरहेको छ र विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया