• २० असोज २०८३, मंगलबार
  • ८ः०० राती

जेनजी प्रदर्शन : कुन अस्पतालमा कति छन् घाइते ?

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०४:२५

भदौ २३,२०८२ काठमाडौं – काठमाडौंमा सोमबार हिंसात्मक बनेको जेनजीहरूको आन्दोलनमा मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। दिउँसो पौने ४ बजेसम्मको विवरण अनुसार विभिन्न अस्पतालमा १४ जनाले ज्यान गुमाएका छन्।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३ जना,केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाले ज्यान गुमाएका छन्।

यसैबीच, आन्दोलनमा घाइते हुनेहरूको यकिन संख्या नआए पनि मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार दिउँसो ४ बजेसम्म सिभिल अस्पतालमा सबैभन्दा बढी घाइते पुगेका छन्, ट्रमा सेन्टरमा २४ जना, केएमसी अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा १५ जना, एभरेष्ट अस्पतालमा ३४ जना घाइते उपचाररत छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, केही घाइतेलाई पाटन अस्पताल पनि लगिएको मन्त्रालयले जनाएको छ। पाटनमा पुगेका घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रतिकृया