• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या १० पुग्यो

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०३:४२

भदौ २३,२०८२ काठमाडौं – काठमाडौंमा जेनजीहरूको आन्दोलन नियन्त्रणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ। विभिन्न अस्पतालहरूले दिएको जानकारीअनुसार सोमबार दिउँसो साढे ३ बजेसम्म मृत्यु हुनेको आधिकारिक संख्या १० मा पुगेको हो।

National Life

अस्पताल स्रोतका अनुसार, ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा १ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ।

त्यस्तै, संसद भवनको मुख्य गेट अगाडि गोली लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या पनि उच्च रहेको र उनीहरूको काठमाडौंका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ। मृतकहरूको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिकृया