• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

नयाँ बानेश्वरमा प्रहरीको गोली लाग्दा थप एक जना घाइते, प्रदर्शन जारी

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०२:२५

काठमाडौं । नयाँ बानेश्वर चोकमा जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर अर्का एक जना घाइते भएका छन्। गोली लागेका व्यक्तिको पहिचान अहिले पत्ता लागेको छैन र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

National Life

यसअघि प्रहरीको गोली प्रहारमा एक जनाको मृत्यु भइसकेको छ। साथै, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहित दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो, यद्यपि प्रदर्शन अहिलेसम्म रोकिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया