• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजी आन्दोलनमा गोली लागेर दुई जना पत्रकार घाइते

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०१:५७

काठमाडौं । सोमबार बानेश्वरमा जेनजीले गरेको आन्दोलनको क्रममा प्रहरीले चलाएको रबर गोली लागेर दुई जना पत्रकार घाइते भएका छन्।

National Life

कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेर नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। यसैगरी, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेर अस्पताल लगिएको छ।

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई गोलीको छर्राले सामान्य चोट लागेको बताइएको छ। घटनास्थलमा पत्रकार र सुरक्षा बलबीचको तनाव अझै कायमै छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया