• ६ असोज २०८३, मंगलबार
  • २ः०५ दिउँसो

आज किन बस्दै छ एमाले सचिवालय बैठक ?

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार १०:३८

भदौ १९,२०८२ काठमाडौं –  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ। बैठकमा आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

National Life

बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने र पारित भएपछि विधान महाधिवेशनमा प्रस्तुत गरिने तयारी गरिएको छ। महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन्।

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। महाधिवेशनमा २,३५० जना सहभागी हुनेछन्। प्रचार विभाग प्रमुख गौतमका अनुसार महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मञ्च सजावट, सचिवालय र स्वयंसेवक व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टर, झाँकी प्रदर्शन, सातदोबाटो चोकदेखि महाधिवेशन स्थलसम्मको यातायात व्यवस्था, स्वागतद्वार र उपत्यकाभरिका प्रवेश गेटसहित सबै तयारी सम्पन्न गरिएको छ।महाधिवेशनमा सहभागी प्रतिनिधिहरूमध्ये समूहगत छलफल गरिनेछ भने केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व पनि निर्वाचित गरिने कार्यक्रम रहेको छ।

प्रतिकृया