• २० असोज २०८३, मंगलबार
  • ९ः३९ राती

प्रधानमन्त्री ओली पुगे बेइजिङ

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार ११:३२

भदौ १७,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट रेलमार्गमार्फत बेइजिङ पुगेका छन्। उनले तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिता जनाइसकेका थिए।

National Life

बेइजिङमा प्रधानमन्त्री ओलीले बुधबार आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओली बुधबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया