• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

प्रधानमन्त्री ओलीद्वारा चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार १०:०९

भदौ १५,२०८२ काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तियानजिनस्थित जिनान जिल्लाको सिआओझान धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन्। आइतबार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डलले धान उत्पादन क्षेत्रमा पुगेर निरीक्षण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

National Life

अवलोकन कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सोङको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणका क्रममा विभिन्न बैठक, भेटवार्ता र अवलोकन कार्यक्रममा सहभागी भइरहेका छन्।

प्रतिकृया