• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको मोदीसँग भेटवार्ता नहुने

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०९:१९

भदौ १५,२०८२ काठमाडौं – चीनको पाँच दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार चीन भ्रमणका क्रममा मोदीसँग भेटको कार्यतालिका तय गरिएको छैन। भ्रमण टोलीमा रहेका पत्रकार प्रकाश सिलवालले पनि मोदीसँग भेटवार्ताको कार्यक्रम नरहेको जानकारी दिएका छन्।

National Life

शनिबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। सो अवसरमा उनले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिप्रति नेपालको आपत्ति प्रकट गरेका थिए।

प्रम ओलीले मोदीसँग भेट भएमा सो मुद्दा उठाउने अपेक्षा गरिएको भए पनि चीनमा यस्तो कार्यक्रम नरहेको स्पष्ट भएको हो। यसैबीच, भारतीय प्रधानमन्त्री मोदी भने आज चीनका राष्ट्रपति सीसँग भेटवार्ता गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी सांघाई सहयोग संगठन (एससीओ) को २५औं शिखर सम्मेलनमा सहभागी हुन तियानजिन पुगेका हुन्। सो सम्मेलनमा नेपाल, भारतसहित २० भन्दा बढी मुलुकका प्रतिनिधिहरू सहभागी हुँदैछन्।

भारतीय प्रधानमन्त्री मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए। सन् २०२० को गलवान झडपपछि भने यो उनको पहिलो चीन यात्रा हो। यस भ्रमणको उद्देश्य चीन–भारतबीचको सीमा विवाद कम गर्ने रहेको बताइएको छ।

प्रतिकृया