• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

ओली सचिवालयको ध्यानाकर्षण : ‘विद्या भण्डारीबारे भ्रामक प्रचार भइरहेको छ’

प्रकाशित मिति

२०८२ भाद्र १३ गते, शुक्रबार १०:५५

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पूर्वराष्ट्रपति विद्या भण्डारीबारे भ्रामक समाचार र अभिव्यक्ति सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ।

National Life

सचिवालयका अनुसार ओलीले यही भदौ ११ गते काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँग अनौपचारिक छलफल तथा भेटघाट गरेका थिए। तर, सो कार्यक्रममा ओलीले नबोलेका विषयलाई हवाला दिँदै कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गलत ढंगले समाचार प्रकाशित भएको सचिवालयले स्पष्ट गरेको छ।

सचिवालयले भनिएको छ, “उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौं उपत्यकामा हुने विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधिहरुसँग भएको अनौपचारिक भेटघाट मात्र थियो। त्यही दिन ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेट भएको थियो।”

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँका प्रतिनिधिसँग भेटघाटका क्रममा ओलीले “एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन” भन्ने भनाइ राखेको दाबी गरिएको समाचारलाई सचिवालयले असत्य, मनगढन्ते र स्वार्थपूर्ण प्रचारको रूपमा खारेज गरेको छ।

ओलीले कार्यक्रममा वामपन्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, व्यक्तिगत स्वार्थका कारण आन्दोलनले भोग्नुपरेका चुनौती, पार्टीले हाल अवलम्बन गरेको नीति, केन्द्रीय कमिटीका निर्णय र अहिलेको सरकारले सुशासन तथा विकासका लागि गरिरहेका सकारात्मक पहलबारे आफ्नो धारणा राखेको सचिवालयले जनाएको छ।

प्रतिकृया