• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

भारतको नयाँ व्यापार मोडेल: अमेरिकाबाहेक ४० देशमा कपडा बजार विस्तार

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:५४

भदौ १२,२०८२ काठमाडौं – अमेरिकाले भारतमा कपडा लगायतका विभिन्न वस्तुहरूमा कुल ५० प्रतिशत आयात कर लगाएको पछिल्लो निर्णयसँगै भारत–अमेरिका सम्बन्ध हालसम्मकै कमजोर अवस्थामा पुगेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारतसँग व्यापार सम्झौता गर्न बारम्बार प्रयास गरे पनि भारतले सकारात्मक जवाफ नदिएपछि तनाव चुलिएको हो।

National Life

अमेरिकाको नयाँ कर नीति विशेषगरी भारतीय कपडा, छाला, माछा, रसायन, रत्न तथा आभूषण र मेसिनरी उद्योगमा गम्भीर प्रभाव पार्ने देखिएको छ। भारतीय निर्यातकर्ताहरूका अनुसार, यस निर्णयले भारतीय कपडा उद्योगलाई अमेरिकी बजारबाट बाहिरिने अवस्थामा पुर्‍याएको छ। यसबाट बंगलादेश, भियतनाम, श्रीलंका, कम्बोडिया र इन्डोनेसिया जस्ता प्रतिस्पर्धी देशहरूलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

भारतले यस स्थितिलाई अवसरमा बदल्ने योजना बनाएको इकोनोमिक टाइम्स ले उल्लेख गरेको छ। भारत सरकारले ४० प्रमुख मुलुकहरूसँग व्यापार सम्बन्ध विस्तार गर्न विशेष सम्पर्क अभियान सुरु गर्ने तयारी गरेको छ। ती देशहरूमा रूस, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत, दक्षिण कोरिया, बेल्जियम, टर्की, युएई, नेदरल्याण्ड्स, पोल्याण्ड, क्यानडा, मेक्सिको, अष्ट्रेलिया लगायतका देशहरू रहेका छन्। भारतले यी मुलुकहरूलाई गुणस्तरीय र टिकाउ कपडा उत्पादन आपूर्ति गर्ने योजनासहित व्यापार सम्झौता गर्न चाहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि भारत पूर्ण रूपमा अमेरिकी बजारमा निर्भर छैन। भारतले पहिले नै २०० भन्दा बढी देशहरूमा कपडा उत्पादन निर्यात गर्दै आएको छ। तर अमेरिकी बजारको आकार र पहुँचलाई हेर्दा यसको बन्दले निश्चित रूपमा केही उद्योगहरूमा गहिरो असर पार्ने उद्योगीहरूको चिन्ता छ।

भारतीय सरकारले आन्तरिक रणनीति निर्माण गर्दै व्यापार सन्तुलन कायम राख्ने तथा वैकल्पिक बजारहरूमा पहुँच बढाउने तयारी थालेको छ। यसले दीर्घकालीन रूपमा भारतको व्यापारिक स्वरूपलाई फराकिलो बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया