• २० असोज २०८३, मंगलबार
  • १०ः२२ राती

रास्वपा नेता अरनिको पाँडे किन परे पक्राउ ?

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०४:४८

भदौ १२,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा वातावरणविद् डा. अरनिको पाँडेलाई प्रहरीले सामाजिक सञ्जालमा दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको छ।

National Life

साइबर अपराध अनुसन्धानका लागि खटिएको प्रहरीको साइबर ब्युरोले पाँडेलाई बुधबार नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको भन्दै पाँडेविरुद्ध उजुरी दर्ता गरेकी थिइन्।

उक्त उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा हाजिर भएका थिए। ब्युरोका अनुसार समय अभावका कारण उनलाई बिहीबार मात्रै अदालतमा पेश गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

डा. पाँडे वातावरणविद् तथा योजनाकारका रूपमा परिचित छन्। उनी २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। पार्टी सरकारमा सहभागी भएपछि उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए।

प्रतिकृया