• १२ असोज २०८३, सोमबार
  • ९ः१३ राती

रवि लामिछानेको रिटमा उच्च अदालत बुटवलमा पेसी तोकियो

प्रकाशित मिति

२०८२ भाद्र ११ गते, बुधबार १२:३३

भदौ ११,२०८२ काठमाडौं – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको रिटमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको छ।

National Life

न्यायाधीश सागर बिष्टको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका छन्।

लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले रिट दायर गरेकी हुन्। उनले सहकारी ठगी मुद्दामा बिगो बराबरको बैंक जमानत लिएर लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा रिट पेस गरेकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि निकिताले जिल्ला अदालत रुपन्देहीमा पनि सोही मागसहित रिट दायर गरेकी थिइन्। तर, जिल्ला अदालतले उक्त माग अस्वीकार गर्दै रिट खारेज गरेको थियो। त्यसपछि उनी उच्च अदालत पुगेकी हुन्।

प्रतिकृया