• २० असोज २०८३, मंगलबार
  • ११ः१३ राती

नेपाल–भियतनाम उपराष्ट्रपतिहरूबीच द्विपक्षीय बैठक सुरु

प्रकाशित मिति

२०८२ भाद्र ८ गते, आईतवार १२:०७

भदौ ८,२०८२ काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ। शनिबार नेपाल आइपुगेकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेट गरेपछि औपचारिक बैठक सुरु भएको हो।

National Life

यो भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको हो। सुआन उपराष्ट्रपति यादवको निमन्त्रणमा नेपालको पहिलोपटक उच्चस्तरीय भ्रमणमा आएकी हुन्।

शनिबार काठमाडौं आइपुगेकी सुआनले त्यसै दिन परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटघाट गरेकी थिइन्। भेटका क्रममा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सञ्चालन गर्न प्रस्ताव राखेकी थिइन्। यसबारे आजको द्विपक्षीय बैठकमा पनि विस्तृत छलफल भइरहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले सो प्रस्तावमार्फत पर्यटन प्रवर्द्धन हुने विश्वास लिएको छ। भियतनामबाट सिधा उडान सञ्चालन भएमा पूर्व–दक्षिण एसियाबीचको पर्यटन तथा व्यापार सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिकृया