प्रचण्डले उपसभामुख हटाउने प्रयासको विरोध गर्दै भने–‘यो गलत छ’
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०२:११
भदौ ३,२०८२ काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासको विरोध गरेका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोज्दै कांग्रेस र एमालेले गल्ती गर्न लागेको बताए। उनले भने, “यो सरकार बनेदेखि नै गल्ती गरिरहेको छ। एउटा आदिवासी, जनजाति महिला, सामाजिक सेवामा सक्रिय, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महिलालाई अनावश्यक हटाउने प्रयास गलत छ। यसको हामी विरोध गर्छौं।”
प्रचण्डले उपसभामुख रानाविरुद्ध लगाइएका आरोपलाई कपोकल्पित भन्दै प्रमाण नहुँदासम्म अस्वीकृत गरेको टिप्पणी पनि गरेका छन्। उपसभामुख हटाउने प्रस्तावका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेका छन्। यस विषयमा सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ।








प्रतिकृया