• २० असोज २०८३, मंगलबार
  • ११ः५४ राती

दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०४:१५

भदौ २,२०८२ काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै उनले यसबारे औपचारिक घोषणा गरेका हुन्।

National Life

प्रसाईंले आफू एक सफल व्यवसायी भए पनि मुलुक र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेको दाबी गरे। “देश र जनतामाथि भइरहेको लुटपाट हेरेर म शान्ति र अमनचयनको अनुभूति गर्न सकिन। नेपाल र नेपाली मेरो पहिलो प्राथमिकता बनेका छन्,” उनले भने।

उनका अनुसार, राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्रियता, धर्म–संस्कृति र नागरिकको सुरक्षा सुनिश्चित गर्न आफू र आफ्ना अभियानका साथीहरूले नयाँ राजनीतिक दल खोलेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्ने अठोट गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया