• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट,के भयो कुरा ?

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०३:३७

भदौ १,२०८२ काठमाडौं—नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

National Life

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भारतसँगको निकट सम्बन्धले नेपाललाई प्रगति र विकासमा लाभ पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी लाभान्वित हुने इच्छा व्यक्त गरे। उनले नेपाल–भारतबीचको सम्बन्ध शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक र जनस्तरमा घनिष्ठ रहेको पनि बताए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुरूप नेपाल उच्च प्राथमिकतामा रहेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, उनले आफ्नो नेपाल भ्रमणबाट दुई देशबीच कनेक्टिभिटी र विकास सहयोगलाई अझ प्रगाढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया