• ७ असोज २०८३, बुधबार
  • ३ः३४ दिउँसो

नेपाल इन्भेष्टमेण्ट बैंकले १ लाख ३१ हजार संस्थापक शेयर बिक्रीमा राख्यो

प्रकाशित मिति

२०८२ भाद्र १ गते, आईतवार ०९:४०

भदौ १,२०८२ काठमाडौं—नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १ लाख ३१ हजार २०४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।बैंकका अनुसार विभिन्न पाँच जना संस्थापक शेयरधनीको नाममा रहेका उक्त शेयर बिक्रीमा राखिएका हुन्।

National Life

नियम अनुसार संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिने व्यवस्था भएकाले हाल यसमा उनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयरको विवरण खुलाएर काठमाडौं लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको म्यादभित्र आवश्यक निवेदन नआए बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया