भदौ महिनामा बैंकको ब्याजदर झन् घट्यो, व्यक्तिगत मुद्दतिमा अधिकतम ६.२५प्रतिशत
प्रकाशित मिति
२०८२ भाद्र १ गते, आईतवार १०:१२
काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले जारी गरेको सूचनाअनुसार साउनको तुलनामा औसत ब्याजदर भदौमा झन् घटेको छ।
साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.६९ प्रतिशत ब्याज पाइँदै आएकोमा भदौ महिनामा घटेर ५.५७ प्रतिशत पुगेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा साउनको ४.११ प्रतिशत घटेर भदौमा ३.९६ प्रतिशतमा झरेको छ।

२० वाणिज्य बैंकमध्ये ८ बैंकले भदौका लागि ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएको छ। स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका हुन् भने प्रभु बैंकले मात्र बढाएको हो।

साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा घटाएर ५.१३ प्रतिशत मात्र दिने भएको छ। यता प्रभु बैंकले भने १.१ प्रतिशतविन्दुले बढाउँदै अधिकतम ब्याजदर ५.३५ प्रतिशत पुर्याएको छ।
भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया रहेको छ, जसले अधिकतम ६.२५ प्रतिशत ब्याज दिने जनाएको छ। सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको हो, जसले अधिकतम ५ प्रतिशत मात्र दिनेछ।
संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकले अधिकतम ब्याजदर घटाएका छन् भने कुनैले बढाएका छैनन्। यसरी औसतमा ०.१५ प्रतिशतविन्दुले ब्याजदर घटेको छ।





प्रतिकृया